काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेताबीच द्वन्द्व चर्किएको छ । पौडेल समूहले आज सभापति देउवाविरुद्ध बैठक नै डाकेर गलत निर्णय नसच्याए संघर्षमा उत्रिने कडा चेतावनी दिएको छ । पौडेल समूहका नेता डा. चन्द्र भण्डारीले दिएको जानकारीअनुसार सभापति देउवाले विधानविपरित आफ्ना पक्षका नेतालाई जिल्ला सभापति बनाएकाले आज पौडेल समूहको बैठक बसेको हो ।उक्त बैठकमा देउवाको निर्णय गलत भएको भन्दै त्यो निर्णय नसच्याएसम्म सशक्त संघर्षमा उत्रिनेसमेत निर्णय भएको उनले जनाए । देउवाले विष्णु पौडेललाई विधानविपरित नवलपरासी जिल्लाको सभापतिमा मनोनयन गरेपछि पौडेल समूह रुष्ट बनेको हो । त्यसकै विरोधमा महामन्त्री डा. सशांक कोइरालाको आह्वानमा आज पौडेल समुहको बैठक पार्टी मुख्यालय सानेपामा बसेको थियो । भण्डारीले आजको बैठकले पार्टीको विधानअनुसार सभापति देउवाले केही दिनअघि पदमुक्त गरेको नेता अर्जुन पोखरेललाई नै पुनर्स्थापित गर्न माग गरेको सुनाए । उनकाअनुसार आजको बैठकले पोखरेलको पुनस्र्थापनाका लागि महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लिखित पत्रसमेत पठाउने निर्णय गरेको छ ।
प्रकाशित : २०७६ फागुन २८ गते १७:५६
No ads found for this position
Facebook Comment