धर्म प्रचारकलाई जिल्ला निकाला, पर्यटक भिसामा धर्म प्रचार

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १०:३१
धर्म प्रचारकलाई जिल्ला निकाला, पर्यटक भिसामा धर्म प्रचार

काठमाडौं, २९ फागुन । अवैध रुपमा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी र ताइवानी नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाले निस्कासन गरेको छ ।  फर्जि प्रवेशाज्ञा प्रयोग गरी लामो समयदेखि जिल्लामा धर्म प्रचार गर्दै आएका ४ जना जापानी र २ जना ताइवानीलाई जिल्ला टाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । गोरखामा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी नागरिक छिनो छिखारा, चिनो कान्को मिसा तोमिनागा र बोली तोमिनागालाई जिल्ला छाड्न निर्देशन दिएको प्रजिअ पौडेलले बताएका छन् । निर्देशन पाए लगतै उनीहरुले जिल्ला छाडिसकेको पौडेलले जानकारी दिए । (अन्नपूर्ण पोष्ट्बाट)

प्रकाशित : २०७६ फागुन २९ गते १०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI