लिपुलेक सम्बन्धी संकल्प प्रस्ताव संसदमा गायब

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १३:२१
लिपुलेक सम्बन्धी संकल्प प्रस्ताव संसदमा गायब

सांसदद्वय खगराज र रामकुमारीको प्रस्ताव कार्यसूचिबाट हटाईयो

काठमाडौँ । नेकपाका सांसद खगराज अधिकारीले बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रस्ताव गर्ने भनिएको दार्चुलामा भारतद्वारा मिचिएका नेपाली भूमि फिर्ता गर्ने सम्बन्धी संकल्प प्रस्ताव पेश नै नभई फिर्ता भएको छ । नेकपाका नेतृ तथा सांसद रामकुमारी झाक्री समर्थक भई पेश गर्ने भनिएको उक्त प्रस्ताव पेश नभई फिर्ता भएपछि संसदमा यसको चर्चा भएको छ । संसद सचिवालयले संभावित कार्यक्रमको सूचि बुधबार नै सार्वजनिक गर्दा सांसदद्वयको संकल्प प्रस्तावसहित अन्य पाँच बुँदा उल्लेख गरेको थियो । तर बिहिबार  विहानसम्म समेत सोही कार्यसूचि सार्वजनिक गरिए पनि बैठक चल्दा भने उक्त प्रस्ताव गायब गरिएको थियो । गायब गरिएको सूचना प्रति संसदमा सांसदहरुले सरकार तथा सत्ता पक्ष दलको शंकास्पद भूमिकाप्रति प्रश्न उठाएका थिए । सांसद राजेन्द्र लिङदेनले सो विषय आपत्तिजनक भएको भन्दै संकल्प प्रस्ताव फिर्ता भएकोमा आश्चर्यप्रकट गरे ।  

-हाम्राकुरा डटकम बाट

प्रकाशित : २०७६ फागुन २९ गते १३:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI