No ads found for this position

मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा ‘आइसोलेसन वार्ड’ स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १६:४३
No ads found for this position
मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा ‘आइसोलेसन वार्ड’ स्थापना
No ads found for this position

मिनाक्षी कंडेल/ नवलपुर,फाल्गुन २९ 

मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा कोरोना भाईसरको संभावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । नेपालमा हालसम्ममा कुनै पनि व्यक्ति कोरोना संक्रमित नभए पनि उच्च सर्तकर्ताका निम्ति जिल्ला अस्पतालले पूर्व सतकर्ताका लागि एक वटा आईसुलेसन वार्ड स्थापना गरेको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वस्थय निरिक्षक एवमं सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

आईसुलेसन वार्डमा एउटा मात्रै वेड राखिएको छ । केही दिनमै ३ वटा वेड थप गरिने सुवेदीले बताए । उनले आइसोलेसन कक्षमा आवश्यक पर्ने सबै सामग्रीहरुको व्यवस्था गरिसकेको बताए । कोरोना भाईरसको बारेमा जिल्ला प्रशाासन, जिल्ला अस्पताल र स्थानीय तहहरु बीचमा भएको सर्बपक्षिय बैठक गरी आइसोलेसन कक्ष व्यवस्था गर्न प्रशासनले निर्देशन गरेपछि जिल्ला अस्पतालमा आइसोलेसन स्थापना गरिएको हो । अस्पतालले भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

नवलपुर जिल्ला नेपालको मध्यभागमा पर्ने भएता पनि यहाँ निर्माण भएका ठुला आयोजनाहरुमा चिनियाँ व्यक्तिहरुको उच्च संलग्नता रहेको हुँदा सतर्क रहनुपर्ने सुवेदीको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको औषधीको सम्भाब्यता नरहे पनि यसबाट सर्तक रहन सकिने हुँदा भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने,तातो चिज खाने र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन आग्रह सुवेदीले आग्रह गरे ।

प्रकाशित : २०७६ फागुन २९ गते १६:४३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI