पोखरा। गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो। प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए। सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए।
प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने औंल्याए। अर्को बैठक यही फागुन ३० गते बिहान ११:०० बजे बस्ने छ।
प्रकाशित : २०७६ फागुन २९ गते १६:५७
No ads found for this position
Facebook Comment