चितवनबाट कोरोना भाईरसका शंकास्पद तीन जनाको नमुना काठमाण्डौ पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १७:४०
चितवनबाट कोरोना भाईरसका शंकास्पद तीन जनाको नमुना काठमाण्डौ पठाईयो

चितवन, फागुन २९ ।

चितवनका तीन जना व्यक्तिको नोबल कोरोना भाइरस परीक्षण भएको छ । भरतपुर अस्पतालमा आज बसेको नोबल कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि जारी भएको विज्ञप्तिमा सो बारे जानकारी गराइएको हो । यसअघि दुई जनाको नमुना परीक्षण गरिएकोमा दुवैको नेगेटिभ आएको र आज गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिरामीको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको आइशोलेसन वार्डलाई विस्तार गरेर १९ शैयाको बनाइएको उल्लेख छ । त्यसैगरी अस्पतालले नोबल कोरोना रोकथाम तथा व्यवस्थापन समितिलाई विस्तार गरी तीन जनाबाट १३ जना बनाइएको जनाएको छ । आज बसेको रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सरकारले निर्देशन गरे बमोजिम जनचेतनामूलक र अन्य नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गर्ने पनि निर्णय गरेको छ । कोरोना परिक्षण गर्दैमा नआतिन सवैलाई अस्पताल प्रशासनले आग्रह समेत गरेको छ ।

प्रकाशित : २०७६ फागुन २९ गते १७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI