No ads found for this position

विद्युत प्राधिकरण घोराही शाखाको गाडी एक्कासी भट्टी पसलमा छिरेपछी….

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १८:५७
No ads found for this position
विद्युत प्राधिकरण घोराही शाखाको गाडी एक्कासी भट्टी पसलमा छिरेपछी….
No ads found for this position

बिहीवार अपराह्न नेपाल विद्युत प्राधिकरण घोराही शाखाको गाडी एक्कासी घोराही नगरपालिका-१५ मा रहेको एक भट्टी पसलमा छिर्यो ।

आफूतर्फ गाडी आइरहेको देखेर होटेलका साहु शिवराज थापा भाग्न खोजे तर गाडी आइसकेको थियो । उनी सामान्य घाइते भए ।

पौने ३ बजे नजिकैको वासिङ सेन्टरमा धुन भनेर लैजाँदै गरेको बा १ ञ १६५५ नम्बरको स्कोरपियो भट्टी पसलमा छिरेको हो। विद्युत प्राधिकरणले गाडी धुन भनेर दिएपछि वासिङ सेन्टरमा काम गर्ने १८ वर्षका दिनेश बुढाथोकीले गाडी चलाउँदै थिए ।

गाडी भट्टी पसल भित्र त छिर्यो तर काउन्टरबाट अघि जान पाएन। होटेलमा छिरेको गाडी ग्राहकसम्म भने पुग्न पाएन । बुढाथोकीले गाडीको ब्रेक लगाउनसम्म भ्याए।

प्रहरीले गाडी चलाउने बुढाथोकीलाई पक्राउ गरेको छ भने होटेल संचालक थापाको राप्ती अंचल अस्पतालमा उपचारका लागि लागिएको छ।

प्रकाशित : २०७६ फागुन २९ गते १८:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI