कपिलवस्तु जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १९:०३
कपिलवस्तु जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) २ लाख घुससहित पक्राउ परेका छन्। 

उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयले पक्राउ गरेको हो। 

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका-१ स्थित महामाया प्रेस गौढीचोकबाट उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित : २०७६ फागुन २९ गते १९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI