No ads found for this position

कालीगण्डकी नदी नै व्यक्तिको नाममा दर्ता!

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १९:१६
No ads found for this position
कालीगण्डकी नदी नै व्यक्तिको नाममा दर्ता!
No ads found for this position

पर्वत र बाग्लुङको सिमाना भएर बग्ने कालीगण्डकी नदी नै व्याक्तिको नाममा हुनसक्ने देखिएपछि जिल्ला प्रशासनले खोजी गर्न थालेको छ ।

पर्वत जिल्लाको तत्कालिन पाङ गाविस र खुर्कोट गाविसमा पर्ने १ सय ६० रोपनी जमिन व्यक्तिका नाममा भेटिएपछि छानविनको लागि समिति गठन गरिएको हो ।

यसअघि २०७२ मा गठित छानविन समितिको प्रतिबेदन उपर कुनै कारवाहि नभएको भन्दै आलोचना भएपछि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कालीगण्डकी नदीको वास्तविक क्षेत्र खोजी गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नापी, मालपोत र सम्बन्धित निकायका जनप्रतिनिधी सम्मलित अध्ययन समिति बनाउनु भएको हो ।

पछिल्लो समय नदी किनारमा आवादी जग्गा हुनेहरुले मिच्दै मुख्य सतहसम्मै पुगेर नदीजन्य पदार्थ निकासी गर्ने र ठेक्कामा लगाउने गरेको स्थानीयले बताएका छन ।-

प्रकाशित : २०७६ फागुन २९ गते १९:१६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI