No ads found for this position

अस्पतालको सूचना बङ्ग्याएर कोरोना संक्रमणबारे अफवाह फैलाउनेविरुद्ध कारबाही गर्न माग

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते २२:५०
No ads found for this position
अस्पतालको सूचना बङ्ग्याएर कोरोना संक्रमणबारे अफवाह फैलाउनेविरुद्ध कारबाही गर्न माग
No ads found for this position

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउने क्रम बढिरहेको छ । कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ ।

बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ। भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेको आवश्यक कदमका बारेमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसमा कोरोनाका बारेमा सही सूचना दिनका लागि पोस्टर, पम्पलेट तथा फ्लेक्स प्रिन्ट तयार पारिएको साथै ५ शय्याको आइसोलेसन वार्डलाई बढाएर १९ शय्या बनाइएको कुरा थियो। त्यस्तै विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जानकारी पनि थियो। विज्ञप्तिमा लेखिएको थियो, ‘यस अस्पतालबाट हालसम्म २ जनाको नमुना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज फागुन २९ गते थप एकजनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ।’

तर यही सूचनालाई फोटोसपमार्फत ‘नेगेटिभ’ लाई ‘पोजिटिभ’ बनाएर सामाजिक सञ्जालमार्फत केही व्यक्तिले भ्रम फैलाउने काम गरिरहेका छन् ।

अत्यन्त जरुरी सुचना।।।हाम्रो आधिकारीक सुचनालाई तोडमोड गरेर गलत सुचना सामाजिक सन्जालमा देखिएकाले यस्ता कार्य गर्नेलाई…

Bharatpur Hospital यांनी वर पोस्ट केले गुरुवार, १२ मार्च, २०२०

प्रकाशित : २०७६ फागुन २९ गते २२:५०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI