चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते ९:०६
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० । नेपालमा सुक्रबारदेखि पश्चिमी वायूको प्रभाव पुनःसक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ ।

महाशाखाले आज विहान जारी गरेको बुलेटिनमा  मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : २०७६ फागुन ३० गते ९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI