No ads found for this position

कोरोनाका कारण रोकियो नेपाली सेनाको ६९९ सदस्यीय शान्ति मिसन

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते ११:५७
No ads found for this position
कोरोनाका कारण रोकियो नेपाली सेनाको ६९९ सदस्यीय शान्ति मिसन
No ads found for this position

कोरोना भाइरसको महामारीका कारण शान्ति सेना लागि सुडान उड्न लागेको नेपाली सेनाको टोलीलाई संयुक्त राष्ट्रसंघले रोकेको छ।

विश्वभर फैलिरहेको कारोनाको संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारीलाई नपठाउन पत्र पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले बताए।

‘दक्षिण सुडानले संयुक्त राष्ट्रसंघलाई कोरोनाको कारणले शान्ति मिसन आउने सेनालाई नपठाउन आग्रह गरेपछि यूएनले नेपाली सेनालाई पत्र पठाएको हो,’ सहायक रथी शर्माले लोकान्तरसँग भने।

एसियन राष्ट्रबाट शान्ति सेनामा जाने नेपाल, भारत, चीन, कम्बोडिया र दक्षिण कोरियालाई हालका लागि रोक लगाएको सैनिक प्रवक्ता शर्माले बताए।

प्रकाशित : २०७६ फागुन ३० गते ११:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI