पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग भोलीदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ।
राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न भोली चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिन लागेको हो। घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
भोली बिहान ७ बजे देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ देखि ११ बजेसम्म सडक बन्द गरेर काम गरिनेछ।
प्रकाशित : २०७६ फागुन ३० गते १२:१०
No ads found for this position
Facebook Comment