No ads found for this position

नवलपुरका स्वास्थ्य संस्थामा सतर्कता अपनाईदै: दुम्कौलीमा पनि आईसोलेसन वार्ड

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते १५:१९
No ads found for this position
नवलपुरका स्वास्थ्य संस्थामा सतर्कता अपनाईदै: दुम्कौलीमा पनि आईसोलेसन वार्ड
No ads found for this position

नवलपुर/३० फागुन

कोरोना भाईरस (कोभिड१९) को संक्रमणबाट बच्नका लागी नवलपुरका स्वास्थ्य संस्थाहरूमा पनि तयारी सुरु गरिएको छ ।

हिजो मात्रै जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा आईसोलेसन वार्डको स्थापन गरिएको थियो भने आज नवलपुरकै देवचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ३ वटा बेड सहितको आईसोलेसन वार्डको स्थापना गरिएको छ ।

दुम्कौली प्राथमिक स्वास्थ केन्द्रकि प्रमुख डाक्टर विद्या भुसालका अनुसार कोरोनाका संकास्पद बिरामीलाई राखेर उपचार गर्न स्वास्थ्य केन्द्रको ठूलो भवनको माथिल्लो तलामा ३ वटा बेड सहितको २ वटा वार्डमा आईसोलेसन वार्ड तयार पारिएको छ । यसै गरि स्वास्थ केन्द्र प्रवेश गर्नेलाई साबुनपानीले हात धोएर मात्रै अस्पताल प्रवेशको व्यवस्था मिलाईएको छ ।

चिनको वुहान बाट सुरु भएको कोरोना भाईरस ( कोभिड १९) को संक्रमण संसारका धेरै देशमा फैलिए पछि नेपालका स्वास्थ्य संस्थाहरुमा पनि आईसोलेसन वार्डको व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।

प्रकाशित : २०७६ फागुन ३० गते १५:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI