No ads found for this position

स्रष्टाको सम्मानका लागि ‘रोयल्टी’

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते २३:०३
No ads found for this position
स्रष्टाको सम्मानका लागि ‘रोयल्टी’
No ads found for this position

सविता अधिकारी,

चितवन, फागुन ३० । पछिल्लो समय युट्यूब प्रयोग गर्नेको संख्या नेपालसहित विश्वकै सबै देशमा निकै बढेको छ। इन्टरनेटको पहुँच भएको ठाँउमा सूचनासँगै मनोरञ्जनको लागि राम्रो माध्यम बनेको छ युट्यूब। नेपालमै पनि सञ्चारमाध्यसँग नजिक रहेका प्रायः सबैको आ–आफ्नै युट्यूब च्यानल छन्।

नेपालमा युट्यूब सञ्चालन गरेरै लाखौं रूपैयाँ कमाउने पनि प्रशस्तै छन्। सब्स्क्राइब र भ्यूअर्स बढाउनको लागि विभिन्न शीर्षक राखेर दर्शक झुक्याउने काम पनि युट्यूबबाटै भएको छ भने कतिपयको जीवन परिवर्तन पनि युट्यूबले नै गरिदिएको छ। यसको अर्थ युट्यूबको उचित प्रयोगबाट जोकसैले पनि लाभ पनि लिन सकिन्छ भन्ने नै हो। त्यसैले विभिन्न खालका प्रतिभा भएका व्यक्तिको लागि अनिवार्य जस्तै भइसकेको छ।

कतिपय युट्यूब च्यानल डलर कमाउने लोभमा भ्रामक गतिविधि पस्केर विवादित बन्दै आइरहेको परिवेशमा ‘रचना वाचन’ नामक युट्यूब च्यानलले भने नेपाली साहित्उको क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ स्रष्टालाई ‘रोयल्टी’ वितरणको प्रयास गरेको छ। वि.सं.२०६८ सालबाट शुरु गरेको यो च्यानलमा विभिन्न स्थानमा हुने साहित्यिक कार्यक्रममा स्रष्टा स्वयमले वाचन गरेका गजल, कविता, मुक्तक तथा अन्य रचनासम्बन्धी भिडियो राख्दै आएको छ।

सोही भिडियो हेरेको आधारमा पहिलो पटक औपचारिक कार्यक्रम नै आयोजना गरेर रू ५०० भन्दा बढी रकम संकलन भएका भिडियोका स्रष्टालाई रोयल्टी वापतको रकम उपलब्ध गराउने प्रयास गरिएको सञ्चालक गोपी दवाडीले बताए। अस्ट्रेलियाबाट सञ्चालित यो च्यानलमा हालसम्म एक हजार पाँचसय अठासी वटा भिडियो राखिसकेको उनले बताए। यो च्यानल मुद्रीकरण (मोनिटाइजेशन) भएपछि संकलित रकम स्रष्टालाइ दिने गरी नयाँ कार्यक्रम ल्याएको उनको भनाइ छ।

चैत १ गते रचना वाचनले गजलकार अनन्त अनुरागको पहिलो गजल संग्रह ‘पर्दा’को विमोचनसँगै रचना वाचनको युट्यूब रोयल्टी हस्तान्तरण गर्ने कार्यक्रम राखिएको दवाडीले बताए। उनका अनुसार कार्यक्रम घोस्ट राइटिङ लेखन कुञ्जमा दिउँसो १ बजे हुनेछ। उक्त कार्यक्रममा रु ५०० भन्दा बढी रकम जम्मा भएका ३२ स्रष्टालाई रोयल्टी प्रदान गरिने छ। रोयल्टी प्राप्त गर्ने स्रष्टा सबैलाई पत्राचार भएकोले सबै उपस्थिति हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

प्रकाशित : २०७६ फागुन ३० गते २३:०३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI