पुर्णसरसफाई वडा घोषणा गर्ने मध्यबिन्दु-८ को कार्यक्रम कोरोनाका कारण स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १ गते ८:३६
पुर्णसरसफाई वडा घोषणा गर्ने मध्यबिन्दु-८ को कार्यक्रम कोरोनाका कारण स्थगित

सुबास खत्री/चोरमारा
मध्यबिन्दु नगरपालीका वडा न ८ लाई यहि फाल्गुण महिनाभित्र पुर्ण सरसफाई घोषणा गर्ने भनिएकोमा मिति सरेको छ । शुक्रबार अभियानका लागि टोल बिकास समिति गठन गर्ने कार्यक्रम मार्फत वडाअध्यक्ष परशुराम महत्तोले बिश्वमा आपतकालीन रुपमा फैलीएको कोरोाना भाइरसका कारण मिति सरेको जानकारी दिनुभएको हो । फाल्गुण महिनाभित्रमा वडालाई सरसफाईयुक्त घोषणा गर्ने भनिएकोमा मिति चैत्र महिनामा सारिएको वडा अध्यक्ष महत्तोले जानकारी दिनुभएको हो ।
सरसफाई वडा घोषणा गर्नका लागि टोल टोलमा निगरानि बढाए मात्र सम्भब हुने भन्दै आज बडाभित्र समिति गठन गरिएको कार्यपालीका सदस्य सिता पाठक देबकोटाले बताउनुभयो । वडालाई फोहोरमैलामुक्त बनाउनका लागि आफ्नो जिम्मेवारीलाई सबैले निभाउनुपर्ने पाठकको भनाई छ । एक्लैको प्रयासले मात्र सोचेअनुरुपको कार्य गर्न नसकिने भन्दै वडाबासी नै सबै लाग्नुपर्ने बताउनुभएको हो ।
आज बडाका ४ बटा टोलको आज समिति गठन गरिएको छ । जसमा भट्यांकटटा टोलको अध्यक्षमा सुवास खत्रि चयन हुनुभएको छ । त्यस्तै तरेनि टोलको अध्यक्षमा पाण्डब रायमाझी , भाग्रा टोलको अध्यक्षमा मनु गुरुगं , ल्होसेधारा टोलमा सुर्य खड्का चयन भएका हुन् । आज एक औपचारिक कार्यक्रम गरि टोल समिति गठन गरिएको हो । कार्यक्रम वडा न ८ का अध्यक्ष परशुराम महत्तोको अध्यक्षता तथा ल्होसेधारा मन्दिर व्यबस्थापन समितिका अध्यक्ष गुप्त बाहादुर केसीको प्रमुख आतिथ्यतामा भएको हो ।
सो अबसरमा कम्प्युटर अप्रेटर भिमा चौधरी , ल्होसेधारा क्लबका अध्यक्ष मनोज गुरुङ्ग लगायताकाको अन्य वडाबासीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पाण्डब रायमाझीले गनुृभएको थियो ।

प्रकाशित : २०७६ चैत १ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI