माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले दिए राजीनामा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १ गते १४:०१
माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले दिए राजीनामा

सामाजिक सेवामा सक्रिय रहने भन्दै माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले राजीनामा दिएका छन्। उनको राजीनामा पछि अब बोर्डमा १२ सदस्य रहने छन्। अब उनी प्राविधिक सल्लाहकारको रुपमा कम्पनीमा रहने बताइएको छ।

विश्वका धनी व्यक्ति गेट्सले अब स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ।

सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका उनले सन् २००० सम्म  माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए।

प्रकाशित : २०७६ चैत १ गते १४:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI