पुर्वी नवलपरासीमा एसईईको तयारी पूरा: ६ हजार ५ सय ७५ विद्यार्थी सहभागी हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३ गते १३:३८
पुर्वी नवलपरासीमा एसईईको तयारी पूरा: ६ हजार ५ सय ७५ विद्यार्थी सहभागी हुदै
File photo

सन्जय भट्टराई/नवलपुर

यहि चैत्र ६ गते बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) को पुर्वी नवलपरासीमा सम्पुर्ण तयारी पूरा गरिएको छ । गत वर्ष २४ वटा परीक्षा केन्द्र रहेको जिल्लामा एउटा केन्द्र थप गरेर परीक्षा केन्द्रको संख्या २५ पुर्‍याईएको शिक्षा विकास तथा समन्वय ईकाई पुर्वी नवलपरासीका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।

पोख्रेलका अनुसार जिल्लाको कावासोती नगरपालिकामा ७ वटा, देवचुली र मध्यविन्दु नगरपालिकामा मा ५/५ वटा र गैडाकोट नगरपालीकामा ३ वटा ,हुप्सेकोट गाउँपालिकामा १, बौदीकाली गाउँपालिकामा १ , बुलिङटार गाउँपालिकामा १ र विनयी त्रिवेणी गाउँपालिकामा २ परीक्षा केन्द्र तोकिएको हो ।

परीक्षा का लागि २५ जना केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३ सय ३० जना निरीक्षक , ६६ जना परीक्षा सहायक, १ सय ३३ जना कार्यालय सहयोगी गरी ५ सय ९८ जना कर्मचारी खटिने समेत उनले बताए ।
त्यसैगरी प्रत्येक परीक्षा केन्द्रमा १० जना सुरक्षाकर्मीको दरले २ सय ५० जना सुरक्षाकर्मी परीक्षाको लागि खटिने भएका छन् ।

यस वर्षको परीक्षामा पूर्वी नवलपरासी बाट ७८ सामुदायिक र ४९ संस्थागत, ५ वटा प्राविधिक  र  एउटा खुल्ला विद्यालयबाट ६ हजार पाँच सय ७५ परीक्षार्थी सहभागी हुने भएका हुन् । नियमित तर्फ ६ हजार चार सय ६५ र एक्जामटेड तर्फ एक सय १० जना परीक्षार्थी सहभागी हुने पोख्रेलले बताए ।

कोरोना भाईरस (कोभोड १९) को त्रास बढिरहेको बेला जिल्लाका सबै परिक्षार्थीहरुलाई विभिन्न संघ संस्थाको समन्वयम मास्क वितरण गरिने तथा परीक्षा केन्द्रलाई परीक्षा र बालमैत्री बनाउने उद्देश्यले न्यूनतम आवश्यकताका साधन उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार महिनावारी भएका छात्रालाई निःशुल्क सेनेटरी प्याड र लेख्दालेख्दै कलमको मसी सकिएमा वा बिग्रिएमा कलम उपलब्ध गराउने व्यवस्था गरिएको ईकाई प्रमुख पोख्रेलले बताए ।

प्रकाशित : २०७६ चैत ३ गते १३:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI