काठमाडौं । वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका नेपालीहरुमा कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशंकामा ६० जना नेपालीलाई पोर्चुगलको क्वारेन्टाइनमा राखिएको छ ।
दक्षिणी पोर्चुगलको फारो शहरनजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको थियो । नेपाली रहेको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका नेपालीहरुलाई संक्रमण देखा परेको हो । पोर्चुगलमा यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
प्रकाशित : २०७६ चैत ३ गते १९:०६
Facebook Comment