प्रदेश–२ को राजधानी र नाम तोक्न मतदान

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ४ गते १०:२५
प्रदेश–२ को राजधानी र नाम तोक्न  मतदान

प्रदेश–२ को स्थायी राजधानी र नाम तोक्नका लागि मंगलबार प्रदेशसभा बैठकमा मतदान हुँदैछ।

लामो समयदेखि स्थायी राजधानी र नामका विषयलाई लिएर दलहरुबीच छलफल चले पनि सहमित जुट्न नसकेपछि मतदानबाटै टुंगो लाग्न लागेको हो। 

मंगलबार बिहान ८ बजे नै बैठकमा सहभागीता जनाउन प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग गरेका छन्। विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन्।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ।नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ। 

कति छन् कुन दलका सांसद ? 
प्रदेश २ मा कुनै पनि दलको बहुमत छैन। नेकपाका ३२, सत्तारुढ दल समाजवादी पार्टी नेपालका ३०, सत्तारुढ राजपा नेपालका २५, प्रतिपक्षी नेपाली कांग्रेसका १९ र नेपाल संघिय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन्। 

यो समीकरण अनुसार ७१ मत अर्थात् दुई तिहाइको संख्या पुर्याउन समस्या देखिएको छ। 

प्रकाशित : २०७६ चैत ४ गते १०:२५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI