कावासोतीको गैरीमा भारतीय नागरिकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ४ गते १९:५०
कावासोतीको गैरीमा भारतीय नागरिकको मृत्यु

नवलपुर, चैत ४ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ गैरीमा मंगलबार एक जना भारतीय नागरिकको मृत्यु भएको छ । स्थानीय पर्शुराम भुसालको निर्माणाधीन घरमा ज्यामी काम गर्ने करिब ४५ वर्षीय भारतीय नागरिक मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ निर्माणाधीन घरको तल्लो तलाको बरण्डामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 


घटना थाहापाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेशबहादुर नरालको कमाण्डमा खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि चितवन पठाएको नवलपुर प्रहरीले जनाएको छ ।  मृत्युको कारण नखुलेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : २०७६ चैत ४ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI