No ads found for this position

पाल्पामा ५ जना जुवाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ५ गते १०:२३
No ads found for this position
पाल्पामा ५ जना जुवाडे पक्राउ
No ads found for this position

प्रहरीले पाल्पामा जुवाकै खालबाट ५ जना जुवाडेहरुलाई नगदसहित पक्राउ गरेको छ।

जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी ताससहित पाँच जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल छन्।

प्रकाशित : २०७६ चैत ५ गते १०:२३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI