गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ नवलपुर जिल्ला अदालत परिवारको सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ५ गते ११:३७
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ नवलपुर जिल्ला अदालत परिवारको  सहयोग

प्रकाश भण्डारी “बिवेक” चैत्र ५ गैँडाकोट

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि नवलपुर जिल्ला अदालत कावासोतीमा कार्यरत कर्मचारीद्धारा नगद ४५ हजार ५ सय रुपैयाँ मंगलबार एक समारोहका बिच धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन्।

नवलपुर जिल्ला अदालत कावासोतीमा कार्यरत कर्मचारीद्धारा सहयोग रकम हस्तान्तरण गर्ने। तस्बिर- धुर्मुस सुन्तली फाउण्डेशन फेसबुक पेज

मंगलवार रंगशाला परिसरमा उपस्थित कर्मचारीहरूद्धारा उक्त सहयोग रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस” लाई हस्तान्तरण गरेका हुन।

अदालतमा कार्यरत कर्मचारीद्धारा मासिक खाजा खर्च बापतको रकमलाई बचत गर्दे सामाजिक सेवामा सहयोग गर्ने उद्देश्य अनुरूप उक्त सहयोग रङ्गशालालाई हस्तान्तरण गरेको सन्तोष सिग्देलले नवलपुर टाईम्ससँग बताउनुभयो।

धुर्मुस सुन्तली फाउण्डेशनले अदालतका कर्मचारीद्धारा गरिएको सहयोगलाई फेसबुक पेज मार्फत तस्बिर तथा भिडियो अपलोड गर्दे धन्यवाद ज्ञापन गरेका थिए।

जनस्तरबाट निर्माण हुन लागेको यस गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा जोडिन चाहने हरूका लागी फाउण्डेशनले निम्न नम्बरहरूमा ०१-४४८२९७१, ९८४१२२९९१२, ९८०३४७२४७६ ,९८५५०५४३४१ सम्पर्क गर्न आग्रह समेत गरेको छ।

प्रकाशित : २०७६ चैत ५ गते ११:३७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI