No ads found for this position

चितवन एक्स्पो सेन्टरमा ७० बेडसहित ‘कोरोना विशेष अस्पताल’, उपकरण जडान आजबाट

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ५ गते १२:३३
No ads found for this position
चितवन एक्स्पो सेन्टरमा ७० बेडसहित ‘कोरोना विशेष अस्पताल’, उपकरण जडान आजबाट
No ads found for this position

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ ।  भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा मंगलबार भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । छलफलले ७२ घण्टाभित्र अस्पताल बनाइसक्ने निर्णयसँग आजबाट नै आवश्यक उपकरण जडान गर्ने तयारी गरिएको छ ।  भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको बताइन् । ओपिडीसहितको अस्पताल बनाइँदा सक्रमणको खतरा कम हुने भएकाले सोही अनुसार काम अघि बढेको उनले जानकारी दिइन् । 

उनका अनुसार प्रदर्शनी केन्द्रमा तीनवटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । “कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ,” उनले भनिन, “७२ घण्टाभित्र अस्पताल तयार हुन्छ । अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघन कक्ष (आईसीयू) र १० बेड (एचडीयु) को रहने भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए ।  उपकरणका लागि चितवनका अस्पताल र प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा. अधिकारीको भनाइ छ  । यसकालागि विभिन्न संघसस्थाको समेत सहयोग रहने छ । अस्पताल बनेसँगै कोरोना आंशकित बिरामी लागि रिफरल अस्पतालको रुपमा विकास हुने बताइएको छ । 

चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्र घनावस्तीभन्दा केही दूरीका साथै चारै तिर पर्खालले घेरिएको र पर्याप्त स्थान भएकोले प्रदर्शनी केन्द्रलाई अस्पतालका लागि छनोट गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए ।यसका लागि १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टास्क फोर्स समेत तयार गरिएको छ ।

प्रकाशित : २०७६ चैत ५ गते १२:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI