No ads found for this position

नाम र राजधानीको मुद्दा झनै पेचिलो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ६ गते १०:१३
No ads found for this position
नाम र राजधानीको मुद्दा झनै पेचिलो
No ads found for this position

काठमाडौँ, ६ चैत । राजधानी र नामकरण टुंग्याउन प्रदेश २ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो। प्रदेशसभा गठन भएको २६ महिनापछि यो विषय टुंग्याउन मंगलबार मध्यरातसम्म विभिन्न चरणमा भएको मतदानमा कुनै एक दलको मात्र नभई चार दलको संयुक्त प्रस्तावमा समेत दुईतिहाइ बहुमत पुग्न सकेन।


गत भदौ ५ मा दल तथा सांसदले प्रदेशसभामा दर्ता गराएको प्रस्तावमा प्रदेश सभामुखसमेत रहेको अध्ययन तथा छलफल विशेष समितिमा पटकपटक गरी भएको ११ वटा बैठकमा सहमति नजुट्दा मंगलबार यो विषय टुंग्याउन बिहान ८ बजे प्रदेशसभा बैठक डाकिएको थियो। सोमवार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नाम टुंग्याउन मतदान प्रक्रियामा जानुपर्ने जानकारी दिँदै ४ चैत, मंगलबार बिहान ८ बजे अर्को बैठक आह्वान गरेका थिए। त्यसै अनुरुप लामो समयपछि प्रदेशसभाका १ सय ७ जना सांसद नै बैठकमा उपस्थित थिए। तर कार्यव्यवस्था तथा परामर्श समितीको बैठकपछि पहिले प्रदेशको नामकरण र सो टुंगिइसकेपछि राजधानीसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची आएपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेसले बिमति जनायो। यसले त्यसपछि समान्य विवादसमेत भएको थियो।


तर छलफलको क्रममा सभामुख सरोज यादवले पहिले कुन प्रस्ताव राख्ने विषयमा निर्णय नभएको र कार्यसूची तोक्ने अधिकार आफूमातहतमा रहेको सुनाएपछि विवाद साम्य भएको थियो। कार्यसूची विवादकै कारण बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक ११ बजे सुरु भएको थियो। त्यसपछि सत्तारूढ राजपा, समाजवादीका साथै प्रमुख प्रतिपक्षी नेकपा र कांग्रेसको संसदीय दलको बैठक बस्यो। बैठकमा दलले सांसदलाई दलकै प्रस्तावमा मतदान गर्न भन्दै ह्वीप जारी गरेपछि नेकपा र कांग्रेसका केही सांसदले आपत्तिसमेत जनाएका थिए। पूर्वमाओवादीका सांसदले जानकी प्रदेश कुनै अजेन्डा नै नरहेको भनेर विरोध जनाएका थिए। तर छलफलपछि फेरी उनीहरु दलकै निर्देशनमा सहमत भएका थिए।


यस्तै रौतहट, बारा र पर्साजिल्लाका कांग्रेस सांसदले समेत पार्टीले प्रस्ताव गरेको भन्दा मधेस वा मध्य मधेसमै सहमती गर्न जोड दिएका थिए। तर पार्टीले ह्वीप जारी गर्दै सम्झाइबुझाई गरेपछि सबै सांसद पार्टीको निर्णय मान्न तयार भएको कांग्रेसका एक सांसदले जनाए। (नागरिक दैनिकबाट)

प्रकाशित : २०७६ चैत ६ गते १०:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI