जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेका थिए। सुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको बताइएकाे छ।
श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भएर कास्की पुगेका थिए ।
प्रकाशित : २०७६ चैत ६ गते ११:१६
No ads found for this position
Facebook Comment