No ads found for this position

गैँडाकोट नगरपालिकाद्धारा कोभिड-१९ लाई लक्षित गर्दे हेल्थ डेस्क सञ्चालन

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ६ गते १६:३८
No ads found for this position
गैँडाकोट नगरपालिकाद्धारा कोभिड-१९ लाई लक्षित गर्दे हेल्थ डेस्क सञ्चालन
No ads found for this position

प्रकाश भण्डारी चैत्र ५, गैँडाकोट नवलपुर

गैँडाकोट नगरपालिकाले बिहीबार देखि कोरोना भाईरस (कोभिड-१९) लाई लक्षित गर्दे हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ।

गैँडाकोट नगरपालिकाको आयोजना तथा गैँडाकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास शाखाको संयोजनमा नगरपालिकाको राजमार्ग तर्फ रहेको मुख्य गेट अगाडि चौपारीबाट हेल्थ डेस्क सेवा सञ्चालन गरिएको जनस्वास्थ्य निरिक्षक ईन्द्रराज शर्माले जानकारी गराउनुभयो।

बिहीबार विहान ११ बजेदेखि सञ्चालन गरिएको उक्त हेल्थ डेस्कको नगर प्रमुख छत्रराज पौडेलले समुद्घाटन गर्नुभएको थियो।

हेल्थ डेस्कमा ज्वरो नाप्ने, स्यानिटाईजर मार्फत हात धुने, कोभिड-19 लक्षित जनचेतनामुलक पम्पलेट बितरण गरिएको थियो। साथै ज्वरोका बिरामीहरूलाई मध्यनजर गर्दे सिटामोल समेत बितरण गरिएको थियो।

बिहान १० बजेदेखि सञ्चालनमा रहेको हेल्थ डेस्क दिउसो ४ बजेसम्म सञ्चालन गरिएको थियो। बिहीवार पहिलो दिन मात्रै ४२ महिला तथा १०४ पुरूष गरि जम्मा १४६ जनाले सेवा लिएको हेल्थ डेस्कमा खटिनुभएका एच.ए प्रकाश अर्याल तथा पदमपाणी शर्माले जानकारी दिनुभयो।

हेल्थ डेस्क प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म दैनिक सञ्चालन गरिने शर्माले बताउनुभयो। हेल्थ डेस्कमा गैँडाकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख झलकराज पौडेल, जनस्वास्थ्य निरिक्षक ईन्द्रराज शर्मा,  स्वास्थ्य शाखाका एच.ए प्रकाश पोख्रेल र गैँडाकोट स्वास्थ्य चौकीका सिनियर अहेव पदमपाणी शर्मा खटिनुभएको छ।

प्रकाशित : २०७६ चैत ६ गते १६:३८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI