No ads found for this position

नवजागरण बहुमुखी क्याम्पसमा आयोजित पितृमोक्ष महायज्ञको आय व्यय सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ६ गते २०:२१
No ads found for this position
नवजागरण बहुमुखी क्याम्पसमा आयोजित पितृमोक्ष महायज्ञको आय व्यय सार्वजनिक
No ads found for this position

६ चैत्र-नवजागरण बहुमुखी क्याम्पस चोरमारामा गत पौष २७ देखि माघ ६ गते सम्म आयोजना गरिएको श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको आयव्यय आज क्याम्पसमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । महायज्ञको अवधिमा ६ करोड २४ लाख ७५ हजार २० रुपैयाँ आम्दानी तथा ९१ लाख १६ हजार ५ सय ७२ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । यसै गरि पत्रकार सम्मेलनमा महायज्ञमा केदारनाथ धामका पिठाधिस शिवाचार्य महाराज र कालिबाबाले १/१ वटा सुबिधा सम्पन्न भवन बनाईदिने वचन दिए बमोजिम डिपिआरको काम अगाडी बढेको जानकारी गराईएको थियो ।

क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।

यज्ञ सम्पादन मुल समारोह समितिका संयोजक चेतनाथ तिवारीको संयोजकत्वमा सम्पन्न पत्रकार सम्मेलनमा क्याम्पसका संरक्षक विष्णुकुमार कार्की , मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना, क्याम्पस संचालक समितीका अध्यक्ष तुलसीराम तिवारी, यज्ञ सम्पादन मुल समितिका उपसंयोजक केदार पराजुली लगाएतका व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।

प्रकाशित : २०७६ चैत ६ गते २०:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI