नवलपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु दुई घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ६ गते २०:४०
नवलपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु दुई घाइते

६ चैत्र/ कावासोती

नवलपुर बिहीवार भएका छुट्टाछुट्टै दुईवटा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु र दुई जना घाइते भएका छ्न ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख २३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु १९ प ५७१० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार मोटरसाईकल चालक हुप्सेकोट ६ बस्ने २५ बर्षीय होमबहादुर सोमै र दिलबहादुर सोमै घाईते भएका हुन्। दुवैको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

जिल्लाकै अरुणखोलाको  जगंलमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २ ख ४६८ नं को बस र बिपरीत दिशाबाट आउदै गरेको लु ३२ प ३२९८ नं को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ मोटरसाईकल चालक विनयी त्रिवेणी गाउपालिका २ बस्ने बम बहादूर ढेगां मगरको मुत्यु भएको हो । 

बसको ठक्करबाट गम्भिर घाइते मगरको उपचारको क्रममा जिल्ला अस्पताल भरतपुर चितवनमा मृत्यु भएको हो ।  दुबै सवारी साधन र बस चालक ईलाका प्रहरी कार्यलय दुम्किबासको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ चैत ६ गते २०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI