निर्भया बलात्कारका दोषीलाई भोलि बिहान फासी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ६ गते २०:५२
निर्भया बलात्कारका दोषीलाई भोलि बिहान फासी

एजेन्सी, ६ चैत्र । भारतमा निर्भया बलात्कारका दोषी चारजनाको फाँसी निश्चित भएको छ । अदालतको आदेशले पटक पटक स्थगित भएको फाँसीको सजाय अब भने निश्चित भएको छ । भोलि २० मार्चको सुर्योदय अगाडि विहान साँढे पाँच बजे नै चारजनालाई झुण्डाइने छ । फाँसी दिइनेमा पवन गुप्ता, विनय शर्मा, अक्षर ठाकुर र मुकेश सिंह छन् । फाँसी दिनुअघि चारजना दोषी पवन गुप्ता, विनय शर्मा, अक्षय ठाकुर र मुकेश सिंहलाई परिवारसँग भेट्न अनुमति दिइएको छ । टाइम्स अफ इन्डियाका अनुसार परिवारसँग भेट्न र एक अर्कालाई छुन कोठाभित्र अनुमति दिइएको थियो । चारजनामध्ये तीनजनाको परिवार जेलमा भेटका लागि पुगेपनि अक्षय ठाकुरको परिवार नपुगेको तिहार जेलको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

२९ फेब्रुअरीमा पवन गुप्ता र विनय शर्माको परिवार जेलमा पुगे । उनीहरु परिवारसँग भेट्दा खुबै रोएका थिए । शर्मालाई जेलका अधिकारीहरुले सम्झाउनुपरेको थियो । अनियन्त्रित तरिकाले शर्मा रोएको उल्लेख गरिएको छ । २ मार्चको परिवारसँगको भेटमा मुकेश सिंह बढी समय शान्त देखिन्थे । तर, उन बेला बेलामा भावुक भई रोएका थिए । उनी बारम्बार कानुनी विकल्प रहेको र फाँसीबाट बच्ने बताइरहेका थिए । यसका लागि कानुनी परामर्श गरेर रिटहरु दायर भएका थिए । अब भने ती रिटहरु सबै काम लागेनन् ।


दोषीमध्य विहार घर भएका अक्षय ठाकुरको परिवार भने जेलमा पुगेनन् । उनकी पत्नी पुनिता देवीले पारपाचुकेको निवेदन अदालतमा दर्ता गरेकी छिन् । यसलाई बहाना बनाएर भएपनि फाँसी स्थगित गराउन खोजिएको थियो । सन् २०१२ को डिसेम्बरमा दिल्लीमा बसमा भएको सामूहिक बलात्कारमा निर्भयाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेकोमा एकजनाले आत्महत्या गरेका थिए । चारजना भने भोलि फाँसी पाउँदैछन् ।

प्रकाशित : २०७६ चैत ६ गते २०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI