सर्वोच्च अदालतको ‘फुल कोर्ट’ काे निर्णय : देशभरका अदालत बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ७ गते १३:३४
सर्वोच्च अदालतको ‘फुल कोर्ट’ काे निर्णय : देशभरका अदालत बन्द

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएको छ । 

सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो । 

अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो । 

सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिनेछ । 

प्रकाशित : २०७६ चैत ७ गते १३:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI