No ads found for this position

पवन जल्लादले भने- चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ७ गते १३:३७
No ads found for this position
पवन जल्लादले भने- चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
No ads found for this position

एजेन्सी, ७ चैत्र । निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएपछि पवन जल्लादले खुशी व्यक्त गरे । उनले यसका लागि भगवान् र तिहार जेल प्रशासनलाई धन्यवाद दिए ।
‘चारजना दोषीलाई झुण्ड्याउन पाउँदा जीवनमा पहिलोपटक निकै खुशी छु । यो समयका लागि म लामो समययता प्रतिक्षामा थिएँ । यसका लागि म भगवान् र तिहार जेल प्रशासनलाई धन्यवाद ज्ञापन गर्दछु,’पवनले भने । उनले निर्भया बलात्कारका दोषी चारजनालाई आज विहान झुण्ड्याएका थिए । चारजनाको मुखमा नकाब लगाएर डोरी राखेर लिभर उनैले तानेका थिए ।

पवन दिल्ली नजिकैको मेरट जेलमा कार्यरत छन् । उनको पारिश्रमिक मासिक तीन हजार भारतीय रुपैयाँ मात्र छ । पवन जल्लाद उत्तर प्रदेशको एकमात्र प्रमाणिकृत फाँसी दिन पाउने व्यक्ति हुन् । बाल्यकाल देखि नै उनका बाबु र हजुबाबु फाँसी दिने जागिरे थिए । २० वर्षकै उमेरमा पवन जल्लादले फाँसी दिन सिकेका थिए । उनका हजुरबाबु लक्ष्मण र बाबु कल्लु जल्लादले सन् १९८९ मा इन्दिरा गान्धीको हत्यामा संलग्नहरुलाई फाँसी दिएका थिए । भारतका कुख्यात अपराधीलाई कल्लुले झुण्ड्याएको रेकर्ड छ । पवन पनि बाबुकै बाटो समात्न पुगे । उत्तर प्रदेशको एकामात्र प्रमाणिकृत फाँसीका लागि मान्छे झुण्ड्याउने व्यक्ति हुन् उनी ।

प्रकाशित : २०७६ चैत ७ गते १३:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI