चैत ७, २०७६ काठमाडौं : विश्वव्यापी महामारी बनेको नोभल कोरोना भाइरसविरुद्ध ट्राफिक प्रहरीले सचेतना अभियान थालेको छ। काठमाडौं उपत्याकाको ट्राफिक व्यवस्थापनसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि यस्तो अभियान थालेको हो।
महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार काठमाडौं उपत्यकाका मुख्य चोकमा खटिने ट्राफिक प्रहरीको संख्यामा वृद्धि गरेर सचेतना अभियान थालिएको हो। ट्राफिक प्रहरीले प्लेकार्ड बोकेर सचेतनामुलक सन्देश प्रवाह गरेका हुन्। उनीहरुले कोचाकोच यात्रु बोक्ने गाडीको पनि निगरानी गररिहेका छन्।
सकारले देशलाई अघोषित लक डाउन गरेर भीडभाड नगर्न अपिल गरेपनि सर्वसाधरण सडकमा निस्कने क्रम रोकिएको छैन। यस्तोमा ट्राफिक प्रहरीले बढी भीडभाड नगर्न, गाडीले कोचाकोच यात्रु नबोक्न, शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गर्न पनि आग्रह गरिरहेका छन्।
प्रकाशित : २०७६ चैत ७ गते १३:३९
No ads found for this position
Facebook Comment