नवलपुरमा ठूला परिणाममा हतियार बरामद, प्रहरीद्वारा सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ७ गते १४:५४
नवलपुरमा ठूला परिणाममा हतियार बरामद, प्रहरीद्वारा सार्वजनिक

पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाबाट बिहिबार प्रहरीले ठुलो परिमाणमा हतियार तथा गोलि बरामद गरीएको छ ।
प्रहरीले हुप्सेकोट गाँउपालीका – २ चपाहा बस्ने वर्ष ६३ को तारा बहादुर बि.क.को घरमा ठुलो परीमाणमा हतियार बरामत गरेको हो ।
गोप्य सुचनाको आधारमा प्रहरीले छाँपा मार्दा विश्वकर्माको घरको कोठा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा हात हतियार तथा गोली फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मी जानकारी दिनुभएको छ ।
प्रहरीले निज तारा बहादुर बिश्वकर्मा सहित भरुवा बन्दुक २ थान , एयर गन १ थान, Auto Pistol Made in USA (9 MM SRunno 100 एक थान, पेस्तोलको गोली ५ राउण्ड, एस एल आर गोली २ राउण्ड, थ्रि नट थ्रि राईफल १ राउण्ड, एम १६ गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका थान २, पुरानो कट्टा पेस्तोलको पार्ट पुर्जाहरु र घोडा चाप तथा अन्य पार्ट पुर्जाहरु समेत बरामत गरेको गण्डकी प्रदेश प्रहरी उपरीक्षक राजेन्द्र बावु रेग्मी जानकारी दिनुभएको छ । नियन्त्रणमा लिएका तारा बहादुर बि.क.लाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित : २०७६ चैत ७ गते १४:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI