शुक्रबार काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ परेका छन्।
बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साहलगायत २३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बताए।
काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको उनले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि मास्कमा कालोबजारी गरेको सूचना पाएलगत्तै प्रहरीले २० लाखभन्दा बढी मास्क बरामद गरेको थियो।
प्रकाशित : २०७६ चैत ७ गते १६:२६
No ads found for this position
Facebook Comment