शुक्रबार मात्र इटालीमा ६२७ र स्पेनमा २६२ सहित युरोपमा पाँच हजार जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते ९:००
शुक्रबार मात्र इटालीमा ६२७ र स्पेनमा २६२ सहित युरोपमा पाँच हजार जनाको मृत्यु

रोम, चैत ८ । कोरोना भाइरसको संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ भने झण्डै ६ हजार मानिसमा संक्रमण देखिएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।
त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएको समेत समाचारहरुमा उल्लेख छ । त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ भने शुक्रबार मात्रै ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् । शनिबार बिहान सम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ । त्यस्तै फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन् । शुक्रबार मात्र बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रकाशित : २०७६ चैत ८ गते ९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI