कोरोना देखिएको भनी भ्रामक हल्ला फैलाउने विवेक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते १६:५७
कोरोना देखिएको भनी भ्रामक हल्ला फैलाउने विवेक पक्राउ

काठमाडौं, ८ चैत्र । कोरोना भाइरसबारे भ्रामक हल्ला फैलाउने विवेक थापा मगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनले फेसबुकमा उनले कोरोना भाइरस फैलिएको भन्दै गलत सूचना प्रवाह गरेका थिए ।
रामेछाप घर भई भक्तपुर सिपाडोल बस्ने विवेकले नर्भिक अस्पतालमा नौजना विरामी गएकामध्ये छ जनालाई कोरोना भाइरस भेटिएको सूचना पाएको भन्दै हल्ला मच्चाएका थिए । उनले अडियो कुराकानी शेयर गरी फिंजाएका थिए ।

२० वर्षीय विवेकले झोर्ले न्युट डट कमबाट भ्रम फैलाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ चैत ८ गते १६:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI