झुटो अफवाह फैलाउनेमाथि यस्तो कारबाही

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते १८:३३
झुटो अफवाह फैलाउनेमाथि यस्तो कारबाही

काठमाडौं, ८ चैत्र । झुटो अफवाह फैलाउनेमाथि कडा कारबाही हुने कानुनी प्रावधान छ । कोरोना भाइरसबारे यस्तै झुटो अफवाह फैलाएर २० वर्षीय विवेक थापा मगर पक्राउ परे । अब उनीमाथि अनुसन्धान शुरु भएको छ । अहिले अदालत बन्द भएकाले उनी हिरासतमा लामो समय बस्नुपर्ने हुनसक्छ । तर, उनको कसुर प्रमाणित भए कारागारसम्म जानुपर्ने हुनसक्छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छ:

अफबाह फैलाउनेबारे कानुनमा यस्तो भनिएको छ :

७०. झुट्ठा अफबाह फैलाउन नहुनेः
(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
विद्युतीय माध्यमबाट अफवाह फैलाएमा थप सजायँ समेत हुन सक्छ।

प्रकाशित : २०७६ चैत ८ गते १८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI