मौलाकालिका मन्दिरमा पुजा गर्न रोक

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते २०:२३
मौलाकालिका मन्दिरमा पुजा गर्न रोक

नवलपुर चैत ८ । नवलपुरको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा आजदेखि पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मौलाकालिका मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका अध्यक्ष शालिकाराम सापकोटाले बताए । सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मौलाकालिका मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको उनको भनाई छ । धार्मिक हिसाबले नवलपुर जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा मौलाकालिका मन्दिरलाई लिने गरिन्छ ।

प्रकाशित : २०७६ चैत ८ गते २०:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI