जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा अत्यावश्यक बाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते १२:२८
जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा अत्यावश्यक बाहेकका सेवा बन्द

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले अत्यावश्यक बाहेक अन्य सेवाग्राहीलाई दिने सुविधा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना सक्रमणको सर्तकता अपनाउन आज चैत्र ९ गतेदेखि चैत्र २१ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो । 
प्रशासनले आज एक सुचना जारी गर्दै सरकारको निर्णय बमोजिम सेवा बन्द गर्ने निर्णय गरिएको बताएको छ । 
जारी सूचनामा भनिएको छ, “नेपाल सरकारको निर्णय बमोजिम यस कार्यालयबाट हुने राहदानी, पासपोर्ट , सिफारीस लगायतका सेवाहरु मिति २०७६-१२-०९ देखि २०७६-१२-२१ सम्म बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि अनुरोध छ ।” सेवा बन्द भएपनि कार्यालयका कर्मचारी का दैनिक कार्यहरु भने नियमित सञ्‍चालन हुने बताइएको छ । 

साथै जिल्ला स्थित अत्यावश्यक सेवा दिने कार्यालय बाहेक अन्य सरकारी तथा सार्वजनिक कार्यालयले आ आफ्नो कार्यालय बाट सूचना जारी गरि जनतालाई सुसूचित गराउन समेत जिल्ला प्रसासन कार्यालयले आग्रह गरेको छ ।

यसै बिच मालपोत कार्यालय कावासोतीको पनि यहि चैत्र ९ देखि २१ सम्म आफ्ना सम्पुर्ण सेवाहरु बन्द हुने मालपोत कार्यालय कावासोती का प्रमुख नारायण गैरेले जनाएका छ्न ।

प्रकाशित : २०७६ चैत ९ गते १२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI