No ads found for this position

ब्याज र सटरभाडा मिनाह गर्न उबासंघ नवलपुरको माग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते १८:२२
No ads found for this position
ब्याज र सटरभाडा मिनाह गर्न उबासंघ नवलपुरको माग
No ads found for this position

कावासोती : नवलपुर उद्योग वाणिज्य संघले कोरोना भाईरसको जोखिमका कारण अहिले उद्योग व्यवसाय धराशयी बनेको भन्दै उद्योगीहरुले बैंक तथा वित्तिय सस्थाहरुलाई तिर्नुपर्ने व्याज मिनाह गरिदिन सरोकारवाला निकायहरु संग माग गरेको छ ।

संघका अध्यक्ष डासुराज पोख्रेल र महासचिव वैकुण्ठप्रसाद अर्यालले आईतबार जारी गरेको प्रेस बिज्ञप्तिमा उद्योगी व्यवसायी अहिले अप्ठ्यारो अबस्थाबाट गुज्ररिहेकाले व्याज मिनाह गर्न माग गरिएको छ । संघले सावा भुक्तानीको म्याद समेत ३ महिना थप्न माग गरेको छ । संघिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारलाई सबोधन गर्दे संघले अत्यावश्यक सेवा संचालन गर्ने व्यवसायी बाहेकका व्यवसायीहरुको तिन महिनाको सटर भाडा समेत मिनाह गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

बिज्ञप्तिमा त्रिवेणी नाकामा भएको हेल्थ डेस्कलाई प्रबाभकारी बनाउन भन्दै टेलिफोन , ईन्टरनेट र बिद्युत महसुलको न्युनतम शुल्क मिनाह गर्ने वातावरण बनाईदिने वातावरण बनाईदिन समेत माग गरिएको छ । संघका अध्यक्ष डासुराज पोख्रेलले संघ समेतको संयोजनमा कावासोतीमा २४ घण्टा भित्र २४ शैयाको क्वारेण्टाईन होम संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोरोनाको संक्रमणबाट जोगिन सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित : २०७६ चैत ९ गते १८:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI