गोबिन्द घिमिरे, चैत ९ गैँडाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप निवारणका लागि सहयोग पुर्याउन पूर्वि नवलपरासीको गैँडाकोटमा कोरोना भाइरस विपद व्यवस्थापन समिति गठन गरिएको छ।
गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरी विपद् व्यवस्थापन कोषसमेत खडा गरिएको हो ।आजमात्रै खडा गरिएको सो कोषमा पहिलो दिनमा नै २ लाख ४० हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको वडा अध्यक्ष नवराज कँडेलले जानकारी दिनुभयो।
सो कोषमा गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले ५० हजार जम्मा गरेको छ भने अन्य रकम विभिन्न व्यवसायीहरुले सहयोग गरेका छन । भोली नै रकमलाई बैकंमा जम्मा गरी खाता सञ्चालन प्रकृया मार्फत ब्यवस्थीत गरिने उहाले बताउनु भयो।
कोरोना भाईरस विपद् व्यवस्थापन समितिले पहिलो चरणमा प्रचारप्रसार, सहयोग र रोगबाट बच्न साबधानी अपनाउने विषयमा जोड दिइने तथा दोस्रो चरणमा सङ्क्रमित व्यक्तिहरुलाई अस्पताल पुर्याई उपचारमा सहयोग गर्ने अध्यक्ष कंडेलले जानकारी दिनुभएको छ।
कोरोना भाइरस विपद् व्यवस्थापन समितिमा गोविन्द घिमिरे, विष्णुप्रसाद सापकोटा, अनुपभद्र खनाल, गोविन्द रिमाल, अन्जिता आचार्य र लिलाबहादुर अधिकारी सदस्य रहेका छन ।
प्रकाशित : २०७६ चैत ९ गते २०:०२
No ads found for this position
Facebook Comment