भोलि देखि एक साता सम्म सिमा नाका बन्द गर्ने सरकारको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते २०:४८
भोलि देखि एक साता सम्म सिमा नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले सोमबारबाट लागू हुनेगरी भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै छिमेकी मुलुकसँग जोडिएका सिमा नाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यसबारे सरकारले केहीबेरमै औपचारिक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी दिने तयारी गरेको छ । 

प्रधानमन्त्री केपी  शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा चार घण्टा छलफल भएको थियो । त्यस्तै, बैठकले कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित अन्य निर्णयहरुसमेत गरेको छ ।

प्रकाशित : २०७६ चैत ९ गते २०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI