No ads found for this position

कोरोनाविरुद्ध ५० करोडको केन्द्रीय कोष गठन, मन्त्रीहरुले दिए एक महिनाको तलब

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते २१:२४
No ads found for this position
कोरोनाविरुद्ध ५० करोडको केन्द्रीय कोष गठन, मन्त्रीहरुले दिए एक महिनाको तलब
No ads found for this position

९ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

बैठकले कम्तीमा एक सातालाई छिमेकी मुलुकसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : २०७६ चैत ९ गते २१:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI