दलित युवा समाज देवचुली द्वारा माक्स वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते २१:३७
दलित युवा समाज देवचुली द्वारा माक्स वितरण

देवचुली,चैत्र ९

देवचुली नगरपालिकामा अवस्थित देवचुली दलित युवा समाज द्वारा कोरोना भाइरस न्युनिकरण अभियान अन्तर्गत देवचुलीमा निशुल्क माक्स वितरण गरिएको छ । आइतबार बिहाने देवचुली नगरपालिकाको प्रवेशद्धारमा करिब ५ सय २० जना जनसमुदायलाई माक्स वितरण गरिएको थियो । पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला पूर्व सावधानीका लागि निशुल्क माक्स वितरण गरिएको देवचुली दलित युवा समाजका अध्यक्षले जानकारी दिनुभयो ।

बजारमा माक्सको अभाव भएकाले कतिले माक्स नै नलगाएकाले पनि उनीहरुमा कोरोना भाइरसको संक्रमण पर्न सक्ने भएकाले माक्स वितरण गरिएको थियो । यस किसिमका कार्यलाई निरन्तरता दिँदै संस्थालाई अघि बढाउने देवचुली दलित युवा समाजका प्रतिनिधिहरुले बताएका थिए ।

उक्त कार्यक्रममा अस्थाई प्रहरी पोष्ट दलदले, देवचुली दलित युवा समाजका पदाधिकारी लगायतको उपस्थितीमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको छ

प्रकाशित : २०७६ चैत ९ गते २१:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI