No ads found for this position

आजदेखि उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिरिन नपाउने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते ६:४३
No ads found for this position
आजदेखि उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिरिन नपाउने
No ads found for this position

सोमबार सवारी साधनलाई एक शहरबाट अर्को शहर प्रवेशमा रोक लगाइएको छ। ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले एम्बुलेस र प्रेस वाहेकका सवारीलाई एक शहरबाट अर्को शहरमा जान रोक लगाइएको जनाकारी दिए।

 उनका अनुसार सोमबारदेखि उपत्यकाबाट एम्बुलेस र प्रेस बाहेकका सवारी बाहिर जान पाउने छैन ।

जसमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सबै सवारीलाई रोक लगाएको छ। उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह पनि गरे। यस्तै उनले काठमाडौं भित्र पनि सवारी साधन नचलाउन अनुरोध गरेका छन्। 

प्रकाशित : २०७६ चैत १० गते ६:४३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI