कोरोना संक्रमणको सम्भावित जोखिम रोक्‍न पूर्वी नवलपरासीमा बजार बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १०:३९
कोरोना संक्रमणको सम्भावित जोखिम रोक्‍न पूर्वी नवलपरासीमा बजार बन्द

नारायण शर्मा/कावासोती — कोरोना भाइरस (कोभिड-१९)   संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै उद्योग वाणिज्य संघको आह्वानमा पूर्वी नवलपरासीका सबै बजार बन्द गरिएको छ । सोमबार बिहानदेखि अर्को सूचना जारी नभएसम्म सबै व्यापार व्यवसाय बन्द गरिएको हो । 


उद्योग वाणिज्य संघ नवलपुरका महासचिव वैकुण्ठप्रसाद आर्यालले व्यापारीहरुको आग्रहलाई मध्यनजर गर्दै व्यापार व्यवसाय बन्द गर्न जानकारी गराइएको बताए । व्यापारीहरुलाई घरमै बस्न र भीडभाडमा नजान आग्रह गरिएको सुनाए ।
जिल्ला सदरमुकाम कावासोती, डण्डा, चोरमारालगायतका बजार बन्द रहेको छ । महेन्द्रराजमार्ग र भित्री सडकमा यातायातका साधन निकै पातलो चलेको छ । कोभिड–१९ को संक्रमणबाट जोगिन आह्वान गर्दै गरिएको बजार बन्दमा स्थानीयले स्वतःस्फुर्त रुपमा सहयोग गरेका छन् ।
कावासोतीका सिद्धार्थ र गण्डकी बोर्डिङ स्कुलले आवश्यक परे आफनो विद्यालय भवनमा क्वारेन्टाइनका रुपमा निःशुल्क प्रयोगगर्न दिने घोषणा गरेका छन् ।

जिल्ला प्रशासन र नगरपालिकाले क्वारेन्टाइन बनाउन सकिने भवनको खोजी गरिहेका बेला विद्यालय बन्द रहेका ती स्कुलले निःशुल्क उपयोग गर्ने गरी क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका हुन् ।

प्रकाशित : २०७६ चैत १० गते १०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI