No ads found for this position

गगन थापाकाे प्रस्ताव- कोरोना कोषमा प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते ११:२९
No ads found for this position
गगन थापाकाे प्रस्ताव- कोरोना कोषमा प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं
No ads found for this position

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले सरकारले स्थापना गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गर्नुभएको छ ।

सोमबार समाजिक सञ्जाल ट्वीटरमार्फत सांसद थापाले उक्त प्रस्ताव गर्नुभएको हो । उहाँले जसले जहाँबाट जति सक्छौँ, काेराेना कोषमा सहयोग गर्न र विपदमा श्रोत जुटाउन आग्रह पनि गर्नुभएको छ ।

‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘जसले जहाँबाट जति सक्छौँ, यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’

सरकारले यो विपदमा एक जना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिनेगरी काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

आइतबार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले काेराेना कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेकाे थियाे । बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक उपचार तथा उपकरणको व्यवस्था गर्ने भन्दै ५० करोडको कोष स्थापना गरेको थियो ।

प्रकाशित : २०७६ चैत १० गते ११:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI