नारायण शर्मा/कावासोती — कोरोना भाइरस(कोभिड–१९) को सम्भावित संक्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले भारतसँग जोडिएको त्रिवेणी नाका सोमबारबाट सिल गरेको छ ।
गण्डकी प्रदेशसँग जोडिएको एक मात्र भारतीय नाका त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा सिल गरेर आवगमन ठप्प पारिएको छ।
पुलबाट गाडी र मोटरसाइकलमा ओहोरदोहार गर्न नपाउनेगरी सिल गरिएको छ। सीमामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारको निर्देशनअनुसार चैत २६ गते राति १० बजेसम्म सीमानाकामा आउजाउ गर्न प्रतिबन्ध लगाइएको जानकारी दिए। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि चीन र भारतसँगको सीमा बन्द गर्ने निर्णय गरेको छ।
प्रकाशित : २०७६ चैत १० गते ११:५२
No ads found for this position
Facebook Comment