नवलपुरमा सवारी दुर्घटना एक बालकको मृत्यु ४ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १३:४३
नवलपुरमा सवारी दुर्घटना एक बालकको मृत्यु ४ घाइते

कावासोती । नवलपुरमा सोमबार भएको सवारी दुर्घटनामा परि एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मोहन खाँडका अनुसार पुर्बपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुईवटा स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा परी एक बालककोे ज्यान गएको हो । पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना.४४ प.४६२ नम्वरको स्कुटर र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु.४८ प.११३० नम्वरको स्कुटर आज एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परि कावासोती ३ अठ्ठाईस बिगाहाका ना.४४ प.४६२ नम्वरको स्कुटरमा सवार अन्दाजी ६–८ बर्षका बालक जिवन तामाङको ज्यान गएको हो भने स्कुटरमा सवार अठ्ठाईस बिगाहाकै बर्ष २५ का अमन तामाङ र १६ बर्षका अनुप तामाङ घाईते भएका छन् । 
त्यसै गरि अर्को लु.४८ प.११३० स्कुटरमा सवार हुप्सेकोट गा.पा.१ बेलुवा बस्ने बर्ष ३९ को ओम नारायण महत्तो र निजको छोरा बर्ष अन्दाजी १३ को समिर महत्तो पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

घाईते बाबु छोराको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागी पुर्याईएको प्रहरीले बताएको छ । मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते अमन र अनुपको एलाईभ अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २०७६ चैत १० गते १३:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI